भारतमा ओमिक्रोनबाट संक्रमितको संख्या २ सय १३ पुग्यो
७ पुस, नयाँ दिल्ली । छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट संक्रमितको संख्या २ सय १३ जना पुगेको छ ।
ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
ती मध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् ।
दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट भने छ हजार ३१७ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी अरु ३१८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरी अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ७८ हजार १९० पुगेको छ । यो सङ्ख्या ५७५ दिन पछिकै सबैभन्दा कम हो ।
प्रतिक्रिया दिनुहोस्