कांग्रेस महाधिवेशन : उद्घाटन र बन्दसत्र एकै ठाउँमा, विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने

काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजको उद्घाटन र बन्दसत्र एकै ठाउँमा हुने भएको छ। महाधिवेशन तालिकाअनुसार आज दिउँसो उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र र असोज २१ र २२ गते निर्वाचन हुने कांग्रेसले जनाएको छ।

खुलामञ्चमा नै बन्दसत्र सञ्चालनका लागि भिन्न भिन्न ठूला हलहरु बनाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

frontline

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ। हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउनु हुने प्रवक्ता चालिसे बताए। खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि तीनवटा ठूला संरचनामा नाम हिमाल, पहाड र तराइ–मधेस नाम राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here