कांग्रेस महाधिवेशन : खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

श्रोत : ईन्टरनेट

 ३ पुस, काठमाडौं । कांग्रेस १४ औं महाधिवेशनअन्तरगत खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ।

पदाधिकारीको मतगणना सकिएपछि शनिबारबाट ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

frontline

यसअघि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना सकिएको छ।

सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीमा किशोर सिंह राठौर, बद्री पाण्डे, महेन्द्र यादव, जीवन परियार, उमाकान्त चौधरी, भिष्मराज आङ्दम्बे, महालक्ष्मी डिना उपाध्याय र फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here