माओवादी केन्द्र मनहरी गाउँ कमिटीको सम्मेलन सम्पन्न
१५ मंसिर, मनहरी । नेकपा (माओवादी केन्द्र) मनहरी गाउँ कमिटीको सम्मेलन मंगलबार सम्पन्न भएको छ । रजैया स्थित अग्निहोत्र आश्रमको सभाहलमा भएको सम्मेलनले पुनस् रामप्रसाद कालाखेती अध्यक्ष रहनेगरी ५५ सदस्यीय कमिटी चयन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा हिरालाल स्याङतान, गोबिन्द घलान, दिलबहादुर स्याङ्गबो, सचिवमा संजिब पाठक, सह(सचिवमा शोभा दोङ, चन्द्रकला खनाल लामा, तेजराज पाण्डे, र कोषाध्यक्षमा ध्रुव खड्का चयन भएको छ ।
त्यस्तै गरि, सम्मेलनमा नेकपा एमाले, नेपाली कांग्रेस पार्टी परित्याग गरि ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य वीर बहादुर घलान (ज्वाला) को प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा प्रदेश सल्लाहकार रामहरी सुवेदी, मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिन, जिल्ला सचिवालय सदस्य रेखा थापा मगर, जिल्ला समन्वय सदस्य वीर बहादुर घलान, यदुनाथ श्रेष्ठ, सल्लाहकार बुद्धरत्न लामा, प्रेस सेन्टर मकवानपुरका स(सचिब दिलबहादुर लामा, मनहरी अध्यक्ष जयराम मुक्तान, क्षेत्रीय संयोजक उमेश राई, निर्वाचन मण्डलका प्रमुख मातृका ढुंगाना, नेताहरु अमर रुम्बा, केशब सुबेदी, अशोक शाक्य, बिष्णु कालाखेती लगायतको आतिथ्यता रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्