बस दुर्घटना, १० जना घाइते

९ मंसिर, काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४, एसमोडमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ८१३८ नम्बरको बस आज बिहान करिब ६ बजे अनियन्त्रित भई नालामा पल्टिएको जनाइएको छ ।

frontline

घाइते भएका बस चालकसहित बसमा सवार १० जनालाई उपचारका लागि सामुदायिक अस्पताल चिसापानी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here