प्रतिनिधि सभा बैठकको सुरुमै एमालेको अवरोध

११ कार्तिक, काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुमै बैठक अवरोध गरेका छन् ।

सभामुखको आसनअगाडि पुगेर उनीहरुले विभिन्न नारा लगाइरहेका छन् ।बिहिबार दिउँसो २ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता जिन्दावाद, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाइरहेका छन् । 

frontline

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको प्रावधान, प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था स्मरण गराउँदै सभा सञ्चालन गर्न अनुरोध गरेपनि एमालेका सांसदले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here