राजकीय पदवी त्याग्दै, राजकुमारी माकोले विवाह गरिन

१० कार्तिक, एजेन्सी : अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ ।

राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो ।

frontline

जापानको राजपरिबारको सदस्यले सर्वसाधरणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषलाई यो बाध्यता छैन् । माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन् ।

माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दैछिन् । माको र कुमुरो लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो ।

३० वर्षीय कुमुरोले अमेरिकामा अधिवक्ताको रुपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन् । यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो । सन् २०१८ मा विवाह गर्ने योजना रहे पनि माकोको हुनेवाला सासुको वित्तिय लफडाका कारण स्थगित भएको थियो ।

यो जोडिले आजै पत्रकार सम्मेलनको आयोजना गर्न लागेको जापानको क्योदो समाचार संस्थालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here