१२ बैंकद्वारा लाभांशको घोषणा

सान्केतिक तस्बिर

१० कार्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् ।

केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् ।

frontline

सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । माछापुछ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक लगायतको नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन समेत भइसकेको छ ।

हालसम्म लाभांश सार्वजनिक गरेका बैंकहरु मध्ये गत आर्थिक वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा हिमालयन बैंक देखिएको छ ।

हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दोस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ भने तेस्रो नम्बरमा धेरै लाभांश घोषणा गर्नेमा नेपाल बैंक देखिएको छ ।

नेपाल बैंकले ३ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस शेयर गरी १७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सि.नं.बैंकको नामनगद लाभांशशेयर लाभांशकुल लाभांश (प्रतिशतमा)
१हिमालयन बैंक४.६२२१.३८२६
२सानिमा बैंक०.८९१७१७.८९
३नेपाल बैंक३१४१७
४नेपाल इन्भेष्टमेन्ट बैंक३.३९१२.६११६
५सिटिजन्स बैंक३.०९१२.९११६
६एनआइसी एशिया बैंक०.७९१५१५.७९
७नेपाल बंगलादेश बैंक३.५१२१५.५
८सिद्धार्थ बैंक०.७५१४.२५१५
९माछापुछ्रे बैंक०.७१३.३१४
१०ग्लोबल आइएमई बैंक३.५१०१३.५
११स्टाण्डर्ड चार्टर्ड बैंक३.०६१०१३.०६
१२कुमारी बैंक२.६७६८.६७

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here