बेमौसमि बर्षाको कारण धानबालीमा क्षति ,किसान चिन्तामा

मेवालाल यादव

रौतहटमा । कार्तिक २ मंगलवार रौतहट बंगालको खाडीमा र मध्य भारतमा रहेका उत्तरतिर सर्दै गरेको न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।

frontline

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सम्म हल्का देखि मध्यम बर्षाको सम्भवना रहेको भनेको थियो । सोहि अनुरुप आइतवार र सोमवार दुई दिनदेखि परेको बेमौसमी बर्षाको कारण धानबालीलाई क्षति गरेको छ ।

दुबै दिन परेको बेमौसमि बर्षा र हावाहुरी सहित आएको बर्षाका कारण रौतहटका किसानले लगाएको धानबालीमा नष्ट भएको छ । बर्षाका कारण काटेर राखेको धानमा समेत क्षती पुगेको छ ।

खेतमा पाकेर काटने तयारी गर्दे गर्दा हावाहुरी सहित आएको बर्षाले धानबालीमा ठुलो नोक्सानी भएको परोहा नगरपालिका किसान बिसुन्दयाल राय यादबले बताए ।

जिल्लाको उत्तरी पुर्वी भेगका किसान बर्षाका कारण मारमा परेको समेत उनको भनाई रहेको छ । हावाहुरीको कारण खेतमा ठडिएको धानको बोटहरु ढलेको छ, बोटहरु पानीमै ढलेको हुँदा लगानी डुब्ने हो की किसानलाई यतिखेर चिन्ता सताएको छ ।

यस पालि समयमा नै पानि परेको कारण धानमा राम्रो फाईदा हुने भनि किसानहरुमा खुसि छाएको थियो । मलखादको अभाव रहे पनि समयमा पानि परेको कारण धानमा खासै किरा पनि नलागेको कारण राम्रो आम्दानी हुने हुँदा किसानहरु रमाएका थिए ।

तर पाकेको धानलाई घरमा ल्याउने समयमा बेमौसमि बर्षा र हावाहुरीको कारणले खेतमा नै बोटहरुलाई ढालेको कारण किसानहरुको सबै खुसि दुःखीमा नै परिणत भएको पिडित किसानहरु बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here