अध्यक्ष नेपाल र राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ, २७ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ ।
कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो । –––






प्रतिक्रिया दिनुहोस्