लगातारको वर्षाले मेलम्ची केउरानीका ३४ घर जोखिममा

आइतबार, सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका-८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् ।

स्थानीयवासी कान्छामान दोङका अनुसार गत सालदेखि नै पहिरो जान थालेका ठाउँमा यसपालि पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए ।

frontline

पटक–पटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे । वडा नम्बर ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए ।

यसअघि जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ ।

वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराई प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । उनले भूगर्भविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here