बालिकालाई जबरजस्ती गरेकोमा एकजना पक्राउ
मंगलबार, कपिलवस्तु । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डे रहेका छन् ।
थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्