सडक दुर्घटनामा प्रहरी निरीक्षक गम्भीर घाइते

मंगलबार, नवलपरासी । नवलपरासीको बर्दघाटमा भएको सडक दुर्घटनामा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत कपिल वाग्लेलाई सोमबार साँझ मोटरसाइकलले ठक्कर दिएको थियो।

frontline

पैदल हिँडिरहेका प्रहरी निरीक्षक वाग्लेलाई लु१४प ८७५८ नम्बरको मोटरसाइकलले राति ८ बजेतिर ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका वाग्लेलाई उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।

मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नं. १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here