पोखरीमा डुबेर वृद्धको मृत्यु

शुक्रबार, सप्तरी । सप्तरीको कंचनपुर नगरपालिका–९ मा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

कंचनपुर नगरपालिका–१२ का ६० वर्षीय बिरजु सरदारको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

लुगा र चप्पल फुकाली पोखरीको पानीमा हाम फाल्दा डुबेर उनको मृत्यु भएको काफ्लेले बताए ।

उनी के कारण पोखरीमा हाम फाले भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here