चीनमा बाढीमा परी मृत्यु हुनेको संख्या ३०२ पुग्यो

मंगलबार, काठमाडौं । चीनको हेनान प्रान्तमा गत महिना आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ३०२ पुगेको छ ।

गत साता सार्वजनिक गरिएको भन्दा यो संख्या झण्डै तीन गुणा धेरै हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अझै पनि दर्जनौं मानिसहरु बेपत्ता छन् ।

frontline

बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको झेङझोउ सहरमा मात्रै मृत्यु हुनेको संख्या २९२ पुगेको छ भने ४७ जना हराइरहेका छन् ।

१ करोड २० लाख जनसंख्या रहेको झेङझोउ सहरमा गत महिना अविरल वर्षापछि शताब्दीकै ठूलो बाढी आएको थियो ।

मृत्यु हुनेमध्ये ३९ जनाको शव अन्डरग्राउण्ड पार्किङमा फेला परेको अधिकारीहरुले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको भिडियोमा रेल स्टेसनहरुमा मानिसको घाँटीसम्म आउने गरी पानी आएको देखिएको थियो ।

विशेषज्ञहरुले जलवायु परिवर्तनको कारण यस्ता समस्याहरु देखिने गरेको बताउँदै आएका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here