२४ घण्टामा २५६८ संक्रमित, १८ को मृत्यु
आइतबार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६० बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५९४, झापामा २०७, कास्कीमा २०४, मोरङमा १९२ र ललितपुरमा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ९१, सुनसरीमा ८९, रुपन्देहीमा ५२, नुवाकोटमा ३९, चितवनमा २७ तथा जुम्ला र सुर्खेतमा २४/२४ जनामा कोरोना संक्रमण देखिएको छ ।
सिन्धुलीमा २३, गोरखामा १९, धादिङमा १५ र तनहुँमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्