प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

frontline

आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ता भइसक्दा पनि प्राथमिकतामा नरहेको स्वास्थ्य मन्त्रालय मन्त्री विहिन भएपछि देउवाको चौतर्फी आलोचना हुन थालेको थियो ।

उनले स्वास्थ्य मन्त्रालय आफैसँग राखेर राज्यमन्त्रीमा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here