मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात
पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ ।
जिसीको स्वास्थ्य जाँच गरेका डा. बालगोपाल श्रेष्ठका अनुसार उनलाई पहिलेदेखि नै उच्च रक्तचाप थियो ।
मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा मष्तिकघात भएको हो ।
अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बरालले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्