रौतहटको गौरमा जनमत पार्टीको कार्यालय ई..बसन्त कुशवाहाले गरे उदघाटन ।

मेवालाल यादव , रौतहट २६ गते रौतहटको सदरमुकाम गौरमा आज जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले जिल्लामै पहिलो पटक जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटको कार्यालय उदघाटन गरेका छन । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले आज एक कार्यक्रमका बीच उक्त जनमत पार्टीको कार्यालय भवनको रिबन काटेर उदघाटन गरेका हुन् । कुशवाहाले गौर नगरपालिकाको वार्ड-५ बि .पी चौक स्तिथ जनमत पार्टीको कार्यालय भवनको उदघाटन गरेका हुन्। जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटको कार्यालय उद्घाटन कार्यक्रमको जिल्ला अध्यक्ष रामेश्वर प्र. यादवको सभापतित्वमा जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले उदघाटन गरेका हुन।

कुशवाहाले उदघाटन गरेसँगै आजदेखि जनमत पार्टीको कार्यालय सञ्चालनमा आएको छ । जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटको कार्यालय उद्घाटन कार्यक्रमको, जिल्ला अध्यक्ष रामेश्वर प्र. यादवको सभापतित्वमा उदघाटन समारोह कार्यक्रम सम्पन भएको छ । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले बोल्नु भए रौतहट जिल्लाको सबै गतिबिधि जनमत पार्टीको कार्यालय मार्फत जानकारी हुन्छ। वार्ड र नगर स्तर को काम अब रौतहट जिल्ला कार्यालय बाट सुरु हुन्छ। पुरै देश भरिमा मात्र मधेशको पार्टी हो। मधेशको २० वटा जिल्ला मेची देखि महाकाली सम्मको हरेक जिल्लामा ३ स्तरमा चुनाव हुन्छ जस्तै स्थानीय ,प्रदेश ,साघिय तहमा जनमत पार्टीको लाउड स्पिकर चिन्ह बाट हरेक जिल्लामा चुनाव लडिन्छ। रौतहट जिल्लाको १८ वटा स्थानीय तहमा जनमत पार्टीको लाउड स्पिकर चिन्ह बाट चुनाव लडिन्छ। स्थानीय तह पछि प्रदेशको प्रत्येक जिल्लाबाट प्रदेश सांसद र सघिय सांसद जनमत पार्टी बाट चुनाव लडिन्छ जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले जानकारी दिएको हो।

frontline

रौतहट जिल्लामा जिल्ला स्तरको २ वटा प्राशिक्षण कार्यक्रम सम्पन भएको थियो। रौतहट जिल्लाको ४ स्थानमा प्रशिक्षण कार्यक्रम जस्तै बंकुल ,कटहरिया ,गढ़िमाइ नगरपालिका ,माधवनारायण नगरपालिका सम्पन भएको छ। जिल्ला स्तर ,नगर स्तर ,वार्ड स्तर मा प्रशिक्षण कार्यक्रम जारि नै रहेको जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले जानकारी दिएको छ। केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानुले भन्ने यश अघि जनमत पार्टीको कार्यालय नहुँदा सम्पर्क का लागि सर्वसाधारणहरु लाई ठूलो कठिनाई हुँदै आएको थियो । कार्यकार्ताहरुको पिर मर्कालाई बुझेर जनमत पार्टीको कार्यालय भवन उदघाटन गरेपछि कार्यकार्ताहरुले निकै हर्षित भएका छन् ।सो उदघाटन समारोह कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहा ,विशेष अतिथि केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानु, केन्द्रीय सदस्य ई.शुबन्त कुशवाहा,केन्द्रीय संयोजक – वरिष्ठ नेतृत्व मण्डल अशोक कुमार सिंह , केन्द्रीय संयोजक – समाज कल्याण विभाग : बिरेन्द्र साह,निवर्तमान जिल्ला इन्चार्ज,विनय कुमार वर्मा,जिल्ला सचिव बिकास कुमार यादव ,युवा नेता विवेक झा लगायत जनमत पार्टीको बिभिन्न कार्यकार्ताहरुको उपस्तिथी रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here