दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्दा पनि लघुवित्त वित्त संस्था र केही विकास बैंकहरुको सेयर मूलयमा भने वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अरु सबै समूहगत सवइन्डेक्सहरु ओरालो लाग्दा पनि विकास बेंक र माइक्रोफाइनान्स समूहको सवइन्डेक्स भने उकालो लागेको छ ।

frontline

विकास बैंक ११ दशमलव ०६ अंकले र लघुवित्त समूह १९ दशमलव १९ अंकले बढेको छ ।

सबैभन्दा धेरै उत्पादनमूलक र होटल तथा पर्यटन २ प्रतिशत भन्दा धेरैले घटेका छन् ।

नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २ हजार ८ सय ०१ ंअंकमा झरेको छ ।

बुधबार ५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिभिल लघुवित्तका लघुवित्तले कमाएका छन् भने धेरै गुमाउनेमा माथिल्लो तामाकोशी कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।

तालिकामा हेर्नुस् कुन कम्पनीले कमाए ? कुनले गुमाए ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here