भोटेकोशी बाढी : रसुवाका १ सय ६१ विद्यार्थी र १७ शिक्षक बेपत्ता

सुवा : भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी रसुवाका १ सय ५० विद्यार्थी तथा १७ जना शिक्षक बेपत्ता छन्। सबैभन्दा धेरै नीलकण्ठ माविमा अध्यनरत ७१ जना बालबालिका बेपत्ता भएका छन् ।

बाढीका कारण उत्तरगया गाउँपालिका–४ मा रहेको मालिकादेवी आधारभूत विद्यालयमा ११ जना विद्यार्थी बेपत्ता छन् । उत्तरगया गाउँपालिका–५ मा रहेको नीलकण्ठ माविमा ७१ जना, मोर्डन ट्रिनिटी इङलिस स्कुलका ८ जना विद्यार्थीको बेपत्ता रहेको जिल्ला शिक्षा समन्वय इकाइका सूचना अधिकारी जीवन दाहालले बताए ।   

frontline

हाइल्याण्ड आवासिय माविका ९,गोसाइकुण्ड आवासिय विद्यालय स्याफ्रुका १९,डाडागाउँमाविका २,भीमसेन आधारभूत विद्यालय भार्खुका २, कोमिन स्यामेवाङफले माविका ७, रसुवा माविका ३, शुन्धरा माविका १ जना विद्यार्थी अझै बेपत्ता रहका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here