मन्त्री गुरुङले माफी माग्नुपर्ने माग गर्दै प्रदेश १ संसद् बैठक अवरुद्ध

काठमाण्डौ । भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले  माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ ।

विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेको भन्दै  माओवादी केन्द्रले मन्त्रीको  माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेको हो।

frontline

१४ र १५ असारमा बैठक अवरुद्ध पारेको माओवादी केन्द्रका सांसदले आइतबार पनि बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका थिए ।

माओवादी केन्द्रका सांसदहरूले अवरुद्ध पारेपछि सभामुखले बैठक स्थागित गर्दै अर्को बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएका छन् ।

आइतबारको बैठकमा विनियोजन विधेयक २०७८-७९ अन्तर्गत सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here