भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

  • भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ तथा विवेकानन्द फाउन्डेसनका निर्देशक जनरल अनिल चौहानले नेपाल–भारत सम्बन्ध समानता, आपसी सम्मान र नेपालको स्वतन्त्र पहिचान तथा सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित हुनुपर्ने बताएका छन् ।
  • मंगलबार सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सिसिफ) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
  • नेपाल–भारत सम्बन्ध लामो सभ्यता र समान संस्कृतिमा आधारित रहेको उनले बताए । दुई देशबीचको सम्बन्धलाई उनले औपचारिक कूटनीतिभन्दा गहिरो जनस्तरको सम्पर्कमा आधारित रहेको उनले बताए ।
  • परिवर्तित भू–राजनीतिक वातावरणमा द्विपक्षीय सम्बन्ध क्षेत्रीय सुरक्षा गतिशीलता, बदलिँदो राष्ट्रिय हित, प्रविधिको विकास र ठूला शक्तिबीचको सम्बन्धमा आएको परिवर्तनबाट प्रभावित भइरहेको उनले बताए ।
  • ‘व्यापार, ऊर्जा, तथ्याङ्क र सूचनालाई हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ, साइबर, सूचना तथा संज्ञानात्मक क्षेत्रमा नयाँ जोखिमहरू देखिएका छन् । यस्तो बेलामा परम्परागत सुरक्षाका उपायबाट नयाँ चुनौतीलाई सम्बोधन गर्न कठिन हुन्छ,’ उनले भने ।
  • द्वीपक्षीय सम्बन्धलाई सरकार–सरकारबीचको संवादमा मात्र सीमित नराखी थिंक ट्यांक, प्राज्ञिक क्षेत्र र नागरिक समाजबीचको सहकार्यमा विस्तार गर्न उनले आग्रह गरे ।
  • नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले बहुपक्षीय प्रणाली दबाबमा परेको र जारी द्वन्द्व तथा विश्व घटनाक्रमले दुवै देशको हितमा असर पारिरहेको उल्लेख गरे । यस्ता साझा चुनौती सामना गर्न नेपाल र भारत मिलेर काम गर्नुपर्ने उनको जोड थियो ।
  •  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here