विदेश जाने सांसदहरूले कति पाउँछन् भ्रमण भत्ता
कानुनतः विदेश जाँदा सांसदहरूले भ्रमण भत्ता पाउँछन् । यससम्बन्धी व्यवस्था संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा छ । यो ऐनको दफा ९ मा दैनिक तथा भ्रमण भत्तासम्बन्धी व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘संघीय संसद्को कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमण गर्दा पदाधिकारी वा सदस्यलाई प्रचलित कानुन बमोजिमको दैनिक तथा भ्रमण भत्ता दिइनेछ ।’
प्रतिनिधिमण्डलको नेताको रुपमा विदेश जाँदा थप भत्ता दिइन्छ । यसबारे यो ऐनको दफा ६ मा भनिएको छ, ‘पदाधिकारी वा सदस्यले प्रतिनिधि मण्डलको नेताको रुपमा विदेश जाँदा आफूले पाउने दैनिक भत्ताको पचास प्रतिशत थप रकम नेता भत्ता बापत पाउनेछ ।’






प्रतिक्रिया दिनुहोस्