दानबहादुरको रिट निवेदनमा कारण देखाऊ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो

 आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । तर, अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे  छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश भएको छ । आदेश भने सार्वजनिक भइसकेको छैन ।

frontline

एकल इजलासले ‘कार्कीलाई किन प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्ने हो ?’ त्यसको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here