रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु
२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।
रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ विमान दुर्घटनाग्रस्त भएको थियो ।
प्रारम्भिक रूपमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण भएको आशंका गरिएको छ । दुर्घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।
स्थानीय गभर्नर इल्या सेरेड्युकले विमान यागुनोभो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको बताए । आपतकालीन टोलीहरूले घटनास्थलमा आगो तुरुन्तै निभाएका थिए ।






प्रतिक्रिया दिनुहोस्