पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर सेवाबाट हटाइए

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ । मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका ७ इन्जिनियरलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड (छ) र (ज) तथा दफा ५९ को खण्ड (ख) र (ग) बमोजिम उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको हो ।

frontline

सेवाबाट हटाइएकाहरुमा पूजन न्यौपाने, बुद्धि भुषाल, पञ्चाङ्ग श्रेष्ठ, आभास आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पद्मेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । मन्त्रालयले ६ जना इन्जिनियर कार्यालयमा हाजिर नभएको तथा एक जना स्वीकृत नगराई बिदामा बसेको कारण सेवाबाट हटाइएको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here