नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते
३० कात्तिक, चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो ।
दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।
दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्