गौर सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त नेतृत्वमा सरसफाइ कार्यक्रम सञ्चालन
श्री कान्त यादव रौतहट ।।
गौर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा भट्ट तथा नेपाल प्रहरी गौर भन्सार सुरक्षा गार्डका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक दीपक यादवको संयुक्त नेतृत्वमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
छठ पर्वलाई स्वच्छ, सफा र व्यवस्थित वातावरणमा मनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सुरक्षा निकायका सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा ताल परिसर तथा छठ पूजाका लागि प्रयोग हुने आसपासका क्षेत्रमा रहेका फोहोरमैला संकलन गरी सरसफाइ गरिएको थियो।
धार्मिक आस्था र सामाजिक सद्भावसँग जोडिएको छठ पर्वलाई सभ्य, सुरक्षित र स्वच्छ वातावरणमा सम्पन्न गराउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
सुरक्षा निकायले शान्ति सुरक्षाको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरसफाइ तथा जनचेतनामूलक कार्यमा देखाएको सक्रियता प्रशंसनीय रहेको स्थानीयस्तरमा चर्चा गरिएको छ।
स्वच्छ वातावरण, स्वस्थ समाज र सभ्य पर्व मनाउने सन्देशसहित सम्पन्न उक्त संयुक्त सरसफाइ कार्यक्रमले सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको छ।






प्रतिक्रिया दिनुहोस्