फेरि ‘पिपली लाइभ’को याद आयो, आत्महत्या गर्ने किसानलाई सरकारले एक लाख दिने भनेपछि

रवि लामिछानेले भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ‘राहत रकम’ दिने कुरा उठाइरहँदा मलाई आमिर खानको फिल्म ‘पिपली लाइभ’ झल्झली याद आयो । सर्वसाधारणको जीवन भन्दा मृत्यु कसरी मूल्यवान बनाइदिन्छन् ? गरिबको  नियतिमाथि राजनीतिले कति रसिलो खेल खेल्छन् ? कसरी उनीहरूको बाध्यतालाई आफ्नो लोकप्रियतामा बदल्छन् ? फिल्मले एकदमै चोटिलो ढंगले यही प्रश्नको उत्खनन गर्छ।

हचुवाको भरमा गरिने राजनीतिक निर्णयहरूले गरिब सर्वसाधारणको शरीरमा अक्सिजन भरिदिन्छन् कि रक्तचाप बढाउँछन् ?

frontline

फिल्म हेरिरहँदा मनलाई यस्तै उथलपुथलले अशान्त बनाइरहन्छ । सन् २०१० मा प्रदर्शनमा आएको यो फिल्म हामीले गोपीकृष्ण हलमा पुगेर हेरेका थियौँ । फिल्म केवल मनोरञ्जन मात्र होइन, एउटा अभियान पनि हो । यो फिल्मले गरिब किसानको पक्षमा वकालत गरिरहँदा त्यस्तै लागेको थियो ।

दृश्यभाषाको यति शक्तिशाली माध्यमले राष्ट्रिय योजनाहरूमा केही प्रभाव पार्छ भन्ने लागेको थियो । तर आज जुग बित्यो, संसार उस्तै छ । सर्वसाधारणको दुःख उस्तै छ । खेल उस्तै छ, खेलाडी उस्तै छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here