तिहार बिदापछि आज सेयर बजार खुल्दै
काठमाडौं : नेपालीहरूको महान् चाड तिहारको लामो बिदापछि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित सेयर कारोबार पुन: सञ्चालन हुँदैछ। कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा परेकाले सो अवधिमा बन्द रहेको सेयर बजार आज बिहान ११ बजेदेखि खुल्दैछ।
आज नियमित कारोबार हुने भएपनि भोलि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले यो साता एकदिन मात्रै कारोबार हुनेछ। सोमबारदेखि मात्रै नेप्सेको नियमित साप्ताहिक कारोबार हुनेछ।
तिहार अघिको अन्तिम सेयर कारोबार दिन कात्तिक २० गते (शुक्रबार) नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको थियो।
सो दिन ३३६ वटा स्क्रिप्सको १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ रुपैयाँमा खरिदबिक्री भएका थिए।






प्रतिक्रिया दिनुहोस्