देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसम

???????? ??????????? ?????? ??????? ???????? ??????, ?? ???????? ???????? ?????????–?, ????? ????????? ???????? ????? ??????? ???????? ??????????? ?????? ???????? ??????? ????????? ??????? ????????? ??????? ??????? ??????÷????

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने अहिले बिहान हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल छ अनि तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार ५ दिनका लागि मौसम प्रक्षेपण यस्तो छ :

frontline

 २०८३ कार्तिक २७ गते (शुक्रबार)

दिउँसो : देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

राति : देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

२०८३ कार्तिक २८ गते (शनिबार)

दिउँसो : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया तथा बाँकी हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। मधेस प्रदेशका साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती  र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

राति : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

२०८३ कार्तिक २९ गते (आइतबार)

दिउँसो : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्नेछ। कोसी प्रदेशलगायत बागमती र लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

राति : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ। देशका हिमाली भूभाग तथा कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

२०८३ कार्तिक ३० गते (सोमबार)

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

२०८३ मंसिर १ गते (मंगलबार)

कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ। कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here