शैलुङ भ्रमणमा आएका सिंगापुरका पर्यटकको मृत्यु
दोलखा : जिल्लाको पर्यटकीय क्षेत्र शैलुङ घुम्न आएका सिंगापुरका ६५ वर्षीय नागरिक प्यान्ली हन्ट जेरेमियाको मृत्यु भएको छ । गत कार्तिक १३ गते शैलुङ भ्रमणमा पुगेका जेरेमिया सोही राति सुतेकै अवस्थामा बेहोस भएका थिए । उनलाई तत्काल स्थानीय देउराली मेडिकलमा पुर्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि धुलिखेल लैजाने क्रममा कार्तिक १४ गते शनिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
जेरेमिया श्रीमती र साथी भोलानाथ न्यौपानेसँग शैलुङ घुम्न आएका थिए । उनीहरू कार्तिक १३ गते ढुङ्गेस्थित एक होटलमा बसेका थिए ।
गत असोज ३० गते नेपाल आएका जेरेमिया र उनकी श्रीमती इलाम, फिक्कल, नवलपुरलगायतका विभिन्न स्थानको भ्रमण गर्दै कार्तिक १३ गते शैलुङ पुगेका थिए ।






प्रतिक्रिया दिनुहोस्