सल्यानमा दुई छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु, १८ जना घाइते
सुर्खेत । सल्यानमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । यस्तै १८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, सिद्ध कुमाख गाउँपालिका–२ रातामाटामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका-२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक. र ४३ वर्षीया साउने रोका रहेका छन्। याे दुर्घटनामा ७ जना घाइते भएका छन्।
घाइतेहरूमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको छ । जिप चालक जिल्ला सल्यान, सिद्ध कुमाख गाउँपालिका २ बस्ने वर्ष ३८ को तिलक चलाउनेलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यस्तै बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बाेलेराे जिप दुर्घटना हुँदा सुर्खेतकाे गुर्भाकोट नगरपालिका -२, मालारानिका २५ वर्षका पप्पु डाँगीकाे मृत्यु भएको छ। वनगाड कुपिन्डे नगरपालिका-१२, चाैर भन्ने स्थानबाट बालुवासंग्रही जाँदै गरेको रा १ ज १७२३ नम्बरकाे उक्त बाेलेराे दुर्घटनामा १२ जना घाइते भएका छन्।






प्रतिक्रिया दिनुहोस्