बाटो नखुल्दा उत्तरी गोरखामा खाद्यान्न अभाव
गोरखा : असोज २५ गते बुढीगण्डकीमा आएको भीषण बाढीले जिल्लाका सडक तथा पदमार्ग ध्वस्त बनायो। त्यसैकारण तीन सातादेखि उत्तरी गोरखाका चुम र नुब्री उपत्यकामा खाद्यान्न आपूर्ति हुन सकेको छैन। स्थानीयमा खाद्यान्न अभावको चिन्ता थपिएको छ।
बाटो नखुल्दा चुम र नुब्रीमा चामल, नुन, तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको स्थानीयवासी बताउँछन। यी स्थानमा धानखेती हुँदैन। गहुँ, जौ, करु, फापरलगायतका स्थानीय उत्पादन पनि पर्याप्त उत्पादन हुंदैनन।
आरुघाट, आर्खेतबाट ढुवानी गरेर लगेकै खाद्यान्नमा यहाँका बासिन्दा निर्भर हुन्छन। सडक सञ्जालले नजोडेकाले खाद्यान्न ढुवानीको एकमात्र विकल्प खच्चड हुन। बाटो अवरुद्ध हुँदा खच्चड हिँडाउन नसकिएको स्थानीयको गुनासो छ।






प्रतिक्रिया दिनुहोस्