एक महिनामै ७३ हजारले लिए श्रम स्वीकृति

काठमाडौं : असोजमा मात्रै ७३ हजार ७ सय ६५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। जसमा पुरुषको संख्या ६३ हजार ३ सय ७७ र महिलाको संख्या १० हजार ३ सय ८८ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको २०२६ सेप्टेम्बर १७ देखि अक्टोबर १७ सम्मको अन्तिम स्वीकृत सूचीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा सरकार सरकार (जीटुजी) प्रक्रियासहित उक्त संख्यामा श्रमिकले स्वीकृति पाएका हुन्।

frontline

सबैभन्दा धेरै नेपाली श्रमिक संयुक्त अरब इमिरेट्स (यूएई) जाने गरी श्रम स्वीकृति पाएका छन्। एक महिनामा यूएईका लागि कुल २३ हजार ८ सय ९९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारका लागि ११ हजार ४ सय ९७, मलेसियाका लागि ९ हजार ६ सय ५३, साउदी अरेबियाका लागि ८ हजार ३ सय ६६ र कुवेतका लागि ५ हजार २७ जनाले स्वीकृति पाएका छन्। तथ्यांकमा सार्वजनिक भएअनुसार यूएई, कतार, मलेसिया, साउदी र कुवेत गरी पाँच देशमा मात्रै कुल ५८ हजार ४ सय ४२ जनाको श्रम स्वीकृति जारी भएको छ। अर्थात् विभागको देशगत विवरणमा उल्लेख भएको कुल स्वीकृतिको ठूलो हिस्सा खाडी तथा मलेसियाका गन्तव्यमा केन्द्रित छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here