बिग ब्रदरले डोर्याउने नेपाली कांग्रेस
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीतिको कोर्स नै बदलिदियो। यस आन्दोलनले लामो इतिहास बोकेका परम्परागत राजनीतिक दलहरूलाई गम्भीर चुनौती दियो। त्यसको प्रत्यक्ष प्रभाव निर्वाचनको परिणाममा देखियो।
फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत छोटो समयमै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा १८२ सिट प्राप्त गर्यो, जुन दुईतिहाइ बहुमतका लागि आवश्यक सङ्ख्याभन्दा दुई सिट मात्र कम हो। छोटो समयमै नयाँ राजनीतिक शक्तिले हासिल गरेको यो सफलताले नेपालको राजनीतिक परिवर्तनलाई विश्वको ध्यानाकर्षणको विषय बनाएको छ। यो लेखक विभिन्न मुलुकमा आयोजित अन्तर्राष्ट्रिय फोरमहरूमा सहभागी हुँदा नेपालको निर्वाचन परिणाम र वर्तमान सरकारबारे अन्तर्राष्ट्रिय समुदायको चासो अनुभव गर्न पाएको छु।






प्रतिक्रिया दिनुहोस्