मोरङको रतुवामाईमा प्रहरीको ८ राउन्ड फायर : २ भारतीय घाइते, हतियार र ब्राउन सुगर बरामद

विराटनगर : लागुऔषधको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा निगरानीमा खटिएको प्रहरी टोलीले मोरङको रतुवामाईमा गोली चलाएर बिहीबार राति तीन जनालाई पक्राउ गरेको छ।

उक्त घटनामा प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्। पक्राउ परेकाहरूको साथबाट करिब आधा किलो (५ सय ग्राम) खैरो हेरोइन (ब्राउन सुगर), पेस्तोल र गोलीसमेत बरामद भएको छ। रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९:३० बजे प्रहरी र लागुऔषध कारोबारमा संलग्न व्यक्तिबीच जम्काभेट भएको थियो।

frontline

लागुऔषध नियन्त्रण एवं चेकजाँचका लागि खटिएको प्रहरी टोलीले दुईवटा मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरूले भाग्ने प्रयास गर्नुका साथै प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेको प्रहरीको भनाइ छ। त्यसपछि प्रहरीले प्रतिकारस्वरूप आठ राउन्ड गोली चलाएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए। उनका अनुसार लागुऔषध ओसारपसार तथा बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here