किन विवादमा तानिन्छन् न्यायाधीश ?

काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित अन्य न्यायाधीशले पनि बिहीबार सधैं झैं गोला ताने र मुद्दा सुनुवाइका लागि इजलासमा बसे। तर, उनीहरूको मुहारमा भने सधैं झैं उत्साह र चमक थिएन।

इजलासमा बसेर मुद्दा हेरे पनि प्रधानन्यायाधीश शर्मासहित न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको नाम जोडेर सार्वजनिक भएका समाचारले उनीहरू चिन्तित देखिन्थे। ८ दशक लामो इतिहास बोकेको सर्वोच्च अदालत पहिलोपटक विवादमा परेपछि प्रधानन्यायाधीश शर्मादेखि न्यायाधीशद्वय फुयाँल र पौडेल बिहीबार साँझसम्म छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गर्न व्यस्त रहे। 

frontline

औपचारिक विज्ञप्तिमार्फत समाचारको खण्डन गरिए पनि मुद्दाका पक्षहरूसँग भेटघाट र संवाद प्रकरणले न्यायपालिकाको गरिमा, न्यायाधीशहरूको आचरण र निष्ठामाथि गम्भीर प्रश्न सिर्जना गरेको छ। अदालतभित्र मुद्दाको सुनुवाइ चलिरहँदा बाहिर भने न्यायपालिकाको विश्वसनीयतामाथि उठेका प्रश्नहरूको जवाफ खोज्ने क्रम जारी थियो।

प्रधानन्यायाधीश डा. शर्मासहित न्यायाधीशद्वय फुयाँल र पौडेलले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन्। 

प्रधानन्यायाधीश शर्मा र न्यायाधीश पौडेलले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आफ्नो सम्बन्ध नरहेको तथा सम्बन्धित व्यक्तिसँग भेटघाट वा सम्पर्क नभएको दाबी गरेका छन्। विवादमा तानिएका अर्का न्यायाधीश हरिप्रसाद फुयाँलले आफूबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य नभएको दाबी गरेका छन्।

नेपाल बार एसोसिएसनले न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई सञ्चारमाध्यममा आएको समाचारका रूपमा मात्र सीमित राख्नु उचित नहुने उल्लेख गर्दै छानबिनको माग गरेको छ।

प्रत्यक्ष वा परोक्ष रूपमा चिनजान छैनः प्रधानन्यायाधीश शर्मा
प्रधानन्यायाधीश डा. शर्माले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आफ्नो नामसमेत जोडी प्रकाशित समाचारप्रति आश्चर्यचकित र स्तब्ध भएको जनाएका छन्। ‘दियो पोस्ट अनलाइनलगायतका सञ्चारमाध्यममा मेरो नामसमेत जोडी जुन प्रकृतिका सामग्री प्रकाशित भएका छन्, ती व्यक्तिहरूसँग र यस प्रसंगमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरूसँग मेरा प्रत्यक्ष एवं परोक्षरूपमा चिनजान र सम्पर्कसमेत छैन। मैले कहीँकतै भेटेको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रसंगमा उल्लेखित मिति नोभेम्बर, डिसेम्बर र जनवरीमा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ। यसरी आधारहीन, झुटा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्सना गर्दछु।’ प्रधानन्यायाधीश शर्माले आफ्नो नाम जोडेर प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको दाबी गर्दै त्यस्ता समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गरेका छन्।

प्रतिष्ठामा आँच पुग्ने कार्य भएको छैनः न्यायाधीश फुयाँल

न्यायाधीश हरिप्रसाद फुयाँलले विज्ञप्ति जारी गर्दै न्यायपालिका र आफ्ना सम्बन्धमा सार्वजनिक भएका विवरण र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति मेरो पूर्ण प्रतिबद्धता रहेको छ। 

नेपालमा न्याय क्षेत्रको शुद्धीकरण र विचलनका सम्बन्धमा भइरहेको महत्वपूर्ण अनुसन्धानप्रति मेरो पूर्ण समर्थन र सहयोग रहनेछ,’ न्यायाधीश फुयाँलले विज्ञप्तिमा भनेका छन्, ‘पछिल्लो समय न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसंगतिको गलत फाइदा उठाइ गरिएका कार्यहरू राज्यको जानकारीमा आएर अनुसन्धान भइरहेका छन्।

मेरा बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरताभन्दा बाहिरबाट नहेर्न म समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आमसञ्चार माध्यमलाई अनुरोध गर्दछु। मबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य भएको छैन। यस परिस्थितिमा मप्रति सिर्जना गरिएको भ्रम, अर्धसत्य र चलिरहेको अनुसन्धानलाई प्रभाव पार्ने गरी भएका कार्यहरूप्रति दुःख व्यक्त गर्दछु।’

न्याय सम्पादनमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल
न्यायाधीश पौडेलले पनि एक दैनिक पत्रिकामा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘आज नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here