सरकारको चासो घट्न थालेपछि बाढीपीडितले बनाए दबाब समूह

नुवाकोट : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि पुनर्निर्माण र पुनर्वासमा सरकारले बेवास्ता गरेको भन्दै नुवाकोटका बाढीपीडितहरूले दबाब समूह गठन गरेका छन्।

सरकारको चासो घट्न थालेपछि र राहत तथा पुनस्र्थापनामा ढिलासुस्ती भएपछि आफ्नो अधिकार र न्यायका लागि एकजुट हुँदै पीडितहरूले विदुरमा सूर्यबहादुर कँडेलको संयोजकत्वमा ३३ सदस्यीय ‘भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति’ गठन गरेका हुन्।

frontline

विदुरमा आयोजित बाढीपीडितहरूको सामूहिक भेलाले विदुर नगरपालिका–५ देवीघाटका कँडेलको संयोजकत्वमा समिति बनाइएको छ। समितिको सहसंयोजकमा सुरेन्द्रराज केसी (विदुर–१), रामहरि अधिकारी (विदुर–७) र अष्टमान डंगोल (विदुर–१०) रहेका छन्। त्यस्तै सचिवमा नवीन्द्रमान प्रधान, सहसचिवमा किरण अधिकारी र कोषाध्यक्षमा शम्भु सिग्देल चयन भएका छन् भने सदस्यहरूमा नारायण श्रेष्ठ, महेन्द्र श्रेष्ठ, सुदीप अधिकारीलगायत रहेका छन्। पूर्वसांसद नारायणप्रसाद खतिवडा, राजेन्द्र श्रेष्ठ, भिक्षु मैत्री, अमजद आलम र दिलबहादुर गुरुङलगायत उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूलाई सल्लाहकार समितिमा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here