टाइगर श्राफमाथि आक्रमणको घटनामा  थप एक अभियुक्त पक्राउ

काठमाडौं : बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा भारतको इन्दौरबाट थप एक अभियुक्त पक्राउ परेका छन्।

यसअघि उक्त घटनामा राजस्थानको कोटाबाट तीन र दिल्लीबाट चार जना अभियुक्त पक्राउ परिसकेका छन्।

frontline

इन्दौरका अतिरिक्त प्रहरी उपायुक्त राजेश दण्डोतियाका अनुसार आक्रमणको अनुसन्धानका क्रममा इन्दौरसँग सम्बन्ध देखिएपछि मुम्बई क्राइम ब्रान्च र इन्दौर क्राइम ब्रान्चले संयुक्त अपरेसन चलाएका थिए।

संयुक्त टोलीले इन्दौरको परदेशीपुरा प्रहरी थाना क्षेत्रबाट २२ वर्षीय प्राञ्जल ठाकरानलाई नियन्त्रणमा लिएको उनले बताए। प्राञ्जल मूलतः हरियाणाको सोनीपतका बासिन्दा हुन्। उनी पाँच दिनअघि आफ्ना भाइको उपचारका लागि इन्दौर आएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here