बेग्लै छ आधार शिविर सडकको कथा

ओखलढुंगा : ‘विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथाको आधार शिविर लुक्लामा सडक पुग्यो, चल्न थाल्यो गाडी। अब सगरमाथा जान सहज।’ केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको नाममा खोलिएको मन्त्री सुनील लम्साल नाम गरेको फेसबुक पेजबाट यो पोस्ट सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा एकाएक चर्चा सुरु भयो। कसैले ‘सगरमाथाको आधार शिविर नै सरेछ कि’ भन्दै व्यंग्य गरे भने रास्वपाका समर्थकहरूले ‘३५ वर्षमा हुन नसकेको काम वर्तमान सरकारले ७ महिनामै गरेर देखायो’ भन्दै जयजयकार गरे। डिजिटल दुनियाँमा लाइक, सेयर र कमेन्टको बाढी नै आयो।

दुष्प्रचारका लागि प्रयोग भएको सूचनाको वास्तविक कथा भने पूरै फरक भेटिन्छ। यो न त कुनै ७ महिनामा रातारात चमत्कार भएको आयोजना हो, न त सगरमाथाको आधार शिविर लुक्ला नै हो। कुनै समर्थक वा सचिवालयका कसैले प्रचारका लागि चलाएको हुने सरोकारवालाको भनाइ छ। 

frontline

असारमा गाउँपालिकाले शिलान्यास गरेको सुर्के–लुक्ला सडक खण्डको ५ किलोमिटर ट्र्याक भर्खरै खुलेको हो। २०७५ सालदेखि सुरु भएको सल्लेरी–सुर्के–लुक्ला सडक आयोजनाको जग, पसिना र बजेटमा केन्द्रीय सरकारभन्दा स्थानीय र प्रदेश सरकारको मुख्य भूमिका छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here