विश्वकप र एसिया कपको पूर्वतयारी : भैरहवामा २८ महिला क्रिकेटरको बन्द प्रशिक्षण
रूपन्देही : नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सकिएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो ।
प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू–१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिएका थियो । उनी आईसीसी महिला यू–१९ क्रिकेटसँग सम्बन्धित प्रशिक्षकका रूपमा समेत आबद्ध छन् ।
नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा सन् २०२७ को जनवरी–फेब्रुअरीमा आयोजना हुने आईसीसी महिला यू–१९ विश्वकपलाई लक्षित गरी खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको रुपन्देही क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्त मल्लले जानकारी दिए।






प्रतिक्रिया दिनुहोस्