बडादसैंको अवसरमा नुवाकोटका पहिरोपीडितलाई थप राहत वितरण

नुवाकोट : करिब दुई महिनाअघि गएको पहिरोका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिकाका विभिन्न स्थानमा विस्थापित भएका परिवारहरूलाई राहत सामग्री वितरण गरिएको छ। बडादसैंको पूर्वसन्ध्यामा राहत पाएपछि विस्थापित पीडित परिवारहरूलाई केही सहज भएको छ।

अविरल वर्षाका कारण आएको पहिरोले घरबारविहीन भएका परिवारलाई पञ्चकन्या गाउँपालिका कार्यालयले राहत सामग्री उपलब्ध गराएको हो। पहिरोको जोखिमका कारण गाउँपालिकाले व्यवस्थापन गरेको अस्थायी शिविरमा बसोबास गर्दै आएका परिवारहरूलाई दैनिक उपभोग्य तथा आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

frontline

पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) र उपाध्यक्ष विमला केसीलगायतका प्रतिनिधिहरूले राहत सामग्री वितरण गरेका थिए। सो अवसरमा उनीहरूले विस्थापित परिवारको दैनिक जीवनयापनलाई सहज बनाउन र महान् चाडपर्वका समयमा केही मद्दत पुर्‍याउने उद्देश्यले यो सहयोग गरिएको बताए। गाउँपालिकाको यस सहयोगले दसैंको समयमा पीडित परिवारलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here