प्रवचन दिँदै गर्दा पादरीमाथि खस्यो क्रस, लाइभ स्ट्रिमिङमै मृत्यु

काठमाडौं : इक्वेडरको ग्वायाकिल सहरस्थित एक चर्चमा लाइभ स्ट्रिमिङ भइरहेका बेला भयानक दुर्घटना भएको छ। क्याथोलिक पादरी प्याट्रिक अल्फ्रेडो साञ्चेज मोलिनारीको टाउकोमा अचानक काठको ठूलो क्रस (क्रूसीफिक्स) खस्दा घटनास्थलमै मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार घटना अक्टोबर १७ का दिन ग्वायाक्विलस्थित ‘न्यूस्ट्रा सेनोरा डेल परपेटुआ सोकोरो’ चर्चमा भएको हो। पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी प्रार्थना सभालाई सम्बोधन गरिरहेका थिए। सोही क्रममा भित्तामा झुण्ड्याइएको काठको ठूलो क्रस अचानक उप्किएर सीधै उनको टाउकोमा खसेको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भयो।

frontline

प्रार्थना सभाको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष (लाइभ) प्रसारण भइरहेकाले योघटना हजारौँ दर्शकले प्रत्यक्ष रूपमा देखेका थिए। दुर्घटनालगत्तै चर्चमा भागदौड र रुवाबासी चलेको थियो। सम्पूर्ण घटना क्यामेरामा कैद भएको र यसको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here