मङ्गल ग्रहमा प्राचीन जीवनको संकेत भेटियो, प्रमाण पृथ्वीमा ल्याउन नासालाई चुनौती

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले मङ्गल ग्रहमा कुनै समय जीवन अस्तित्वमा थियो कि थिएन भन्ने प्रश्नको उत्तर दिन सक्ने सम्भावित तथ्य फेला पारेको छ । नासाको पर्सिभरेन्स रोभरले मङ्गल ग्रहको सतहबाट संकलन गरेको एउटा चट्टानमा प्राचीन सूक्ष्म जीवको गतिविधिसँग मिल्दोजुल्दो संकेत भेटिएको हो ।

वैज्ञानिकहरूले ‘सफायर क्यान्यन’ नाम दिएको उक्त नमुना अहिले मङ्गल ग्रहमा रहेको पर्सिभरेन्स रोभरभित्र सुरक्षित छ । चट्टानमा देखिएका चितुवाको छालाजस्ता धब्बाले कुनै समय त्यहाँ सूक्ष्म जीवको गतिविधि भएको हुन सक्ने सम्भावना देखाएको वैज्ञानिकहरूको भनाइ छ ।

frontline

तर यो खोजले मङ्गल ग्रहमा जीवन थियो भन्ने अन्तिम प्रमाण भने दिइसकेको छैन । चट्टानमा देखिएका धब्बा जैविक गतिविधिबाट बनेका हुन् वा अन्य कुनै रासायनिक तथा भूगर्भीय प्रक्रियाका परिणाम हुन् भन्ने छुट्याउन थप अध्ययन आवश्यक छ । त्यसका लागि नमुना पृथ्वीमा ल्याएर अत्याधुनिक प्रयोगशालामा परीक्षण गर्नुपर्ने वैज्ञानिकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here