प्रधानमन्त्रीलाई खबरै नगरी कोसी प्रदेशमा यसरी हुँदै छ मुख्यमन्त्री सम्मेलनको तयारी

प्रधानमन्त्री वालेन्द्र शाहलाई निम्ता नै नगरी मुख्यमन्त्री विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुँदै छ। यसअघि गण्डकी प्रदेशमा भएको तत्कालीन प्रधानमन्त्रीको उपस्थितिमा भएको सम्मेलनलाई यो पटक तोडिएको हो। यो वर्ष प्रधानमन्त्रीलाई खबर नै नगरी मङ्गलवारदेखि विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु हुँदै छ।

कोसी प्रदेशमा हुने मुख्यमन्त्री सम्मेलनमा सहभागी हुन हरेक प्रदेशबाट जम्बो टोली कोसी प्रदेश राजधानी विराटनगर आउँदैछ।  दुई दिने सम्मेलन (असोज २७ र २८ गते)मा सहभागी हुन कर्णाली, मधेस र लुम्बिनी प्रदेशबाट मुख्यमन्त्रीहरू सडक मार्ग हुँदै र अन्य प्रदेशका मुख्यमन्त्रीहरू जहाजबाट विराटनगर आउँदै छन्। 

frontline

कोसी प्रदेश सरकार आयोजनामा विराटनगरमा आयोजना हुन गइरहेको अन्तर प्रदेश समन्वय तथा अनुभव आदानप्रदान कार्यक्रममा प्रत्येक प्रदेशबाट प्रदेशका मुख्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, योजना आयोगका सचिव तथा मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी हुने छ। 

सम्मेलनमा प्रत्येक प्रदेशबाट सचिवालयका कर्मचारी, चालकसमेत गरी १५ जनासम्मको सहभागिता रहने जनाइएको छ। सहभागीहरूका लागि यातायातको प्रबन्ध मिलाइएको प्रदेश योजना आयोगका सदस्य किशोर थुलुङले जानकारी दिए। जसमा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका टोलीहरू आफ्नै गाडीमा आउनेछन् भने बागमती प्रदेशका मुख्यमन्त्री हवाई मार्गबाट र अन्य प्रतिनिधिहरू गाडीमार्फत विराटनगर आउँदै छन्। 

अन्य प्रदेशका प्रतिनिधिहरूका लागि भने कोसी प्रदेश सरकारले नै सवारी साधनको प्रबन्ध मिलाएको छ। सम्मेलनमा भाग लिन आउने अतिथिहरूका लागि विराटनगरस्थित लेमन ट्री र बिग होटलमा बसोबासको व्यवस्था मिलाइएको उनको भनाई छ। 

कसलाई के जिम्मेवारी?
सम्मेलनमा सहभागी हुन आउने टोलीको स्वागत, व्यवस्थापन तथा सहजीकरणको लागि कोसी प्रदेश सरकारका मन्त्रीहरू र उच्च अधिकारीहरूलाई नै जिम्मेवारी दिइएको छ।

कार्यक्रममा विभिन्न प्रदेशबाट आउने टोलीको नेतृत्व तथा स्वागतका लागि मन्त्रीहरूको नेतृत्वमा प्रमुख सचिवसहित सम्बन्धित मन्त्रालयका ६ जना सचिवहरूलाई खटाइएको छ।

जसअनुसार बागमती प्रदेशका लागि पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा, मधेस प्रदेशका लागि भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्य, सुदूरपश्चिम प्रदेशका लागि खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तिलचन पाठक, कर्णाली प्रदेशका लागि उद्योग कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहता, लुम्बिनी प्रदेशका लागि सामाजिक विकास मन्त्री गीता तिम्सिना र गण्डकी प्रदेशका लागि आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपलाई जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ। 

त्यसै गरी कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमको संयोजन गर्नेछन् भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोसी प्रदेशका सचिवले समन्वयको जिम्मेवारी सम्हाल्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here