पृथ्वी राजमार्गको गलौँदीमा सडक भासियो, सवारी आवागमन पूर्णरूपमा अवरुद्ध

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–५ गलौँदी क्षेत्रमा सडक भासिएपछि सवारीसाधनको आवतजावत पूर्णरूपमा रोकिएको छ।

केही समयअघिदेखि सो क्षेत्रमा करिब ६० मिटर सडकखण्ड चर्किएको थियो। अहिले करिब ३५ मिटर सडक भासिएपछि सवारी आवागमनमा रोक लगाइएको हो।

frontline

सडक कुनासम्मै चर्किएकाले थप पहिरो जाने र सडक भासिने जोखिम बढेको छ। सडकको अवस्था जोखिमपूर्ण बनेपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले उक्त क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाएको नागढुंगा–नौबिसे मुग्लिन पूर्वी खण्डका प्रमुख गुरु प्रसाद अधिकारीले बताए।

अधिकारीका अनुसार सडक भासिने क्रम अझै नरोकिएकाले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधन रोकिएको हो। ‘प्राविधिकहरूको टोली आएर स्थलगत निरीक्षण तथा मूल्याङ्कन गरेपछि मात्र सडकको वास्तविक अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे भन्न सकिन्छ,’अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here