दसैँ तिहार लक्षित सुदूरपश्चिमका आठ स्थानमा सहुलियत मूल्य पसल

धनगढी । चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका आठ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीका विभिन्न स्थानमा पसल सञ्चालन गरेको हो।

साल्ट ट्रेडिङका अनुसार कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेलधुरा तथा बैतडीको पाटनमा सहुलियत मूल्य पसल सञ्चालन भइरहेका छन्।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here