सिट र शुल्कमा पुनर्विचार गर्न सरकारलाई मेडिकल कलेज सञ्चालकको दबाब
काठमाडौँ । निजी मेडिकल कलेज सञ्चालकहरूले चिकित्सा शिक्षाको सिट र शुल्क पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । आफूहरूले गरेको सुधारको यथोचित मूल्याङ्कन गरेर सरकारले अब चिकित्सा शिक्षाको सिट र शुल्क निर्धारण गर्नुपर्ने उनीहरूको माग छ ।
सन् २०१९ यता एमबीबीएस तथा बीडीएसको शुल्क पुनरवलोकन नभएको भन्दै मेडिकल कलेज सञ्चालकहरूले अहिलेको लागतअनुसार शुल्क निर्धारण गर्नुपर्ने माग गरेका हुन् ।
सञ्चालकहरूले विगतमा गरिएका सुधारका आधारमा प्रत्येक मेडिकल कलेजको वास्तविक पूर्वाधार, जनशक्ति र शिक्षण क्षमता मूल्याङ्कन गरेर त्यसैअनुसार एमबीबीएस सिट निर्धारण गर्नुपर्ने अडान अघि सारेका छन् । वर्तमान अवस्थामा आफूहरूले पढाउन सक्ने क्षमता हुँदाहुँदै पनि सिट सीमित गरिँदा पूर्वाधार र जनशक्ति पूर्ण रूपमा उपयोग हुन नसकेको उनीहरूको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्